गाेरखा- पुस २४,२०७७
भिमसेन थापा गाउँपालिका वडा नम्वर ५ बगुवाको खत्रीगाउँ सुनार गाउँ टोल बिकास संस्थाको नयाँ कार्यसमिति गठन भएको छ ।
२०७७ /०९/१० गते भएको स्थानीयको भेलाले रमेश नरालकाे अध्यक्षतामा नाैँ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा परशुराम सुनार, सचिवमा जनुका के.सी र कोषाध्यक्षमा पुतली सुनारलाई उक्त भेलाले सर्वसम्मत रुपमा चयन गरेकाे हाे ।
सदस्यहरुमा विनाेद के.सी(ख) देवीमाया श्रेष्ठ, कृष्ण सुनार, सुनमाया श्रेष्ठ, र गाेविन्द श्रेष्ठ रहेका छन् ।
उक्त खत्री गाउँ सुनार गाउँ टोल बिकास संस्था गठन भेलामा वडा नम्वर ५ का जनप्रतिनिधि श्री साधुराम श्रेष्ठकाे विषेश उपस्थिती रहेको थियो ।

