काठमाडौ २४, पौष २५

पछिल्लो समय विभिन्न किसिमका गितहरु बजारमा आइरहेका छन । यसैक्रम मा योगेन्द्र गौतम र देबि घर्ती मगरको सुमधुर आवाजमा ‘आउँछौ र फेरि’ बोलको नयाँ लोकदोहोरी गित रिलिज भएको छ । गितमा शब्द सुरज गैरे र संगीत अर्जुन सापकोटा को रहेको छ ।

बजारमा आइरहेका गीतहरुमध्ये यो गीत केही फरक अनि मेलोडियस रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । यो गीत सुन्ने जो कोहि लाई गीतको अडियो र भिडियोले मग्न मुग्ध बनाउछ । गीत सार्वजनिक भए लगत्तै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन । दर्शकहरुले यो गितलाइ रुचाउनेमा गीतकार गैरे आशाबादी देखिन्छन ।

गीतको अडियो जति राम्रो छ त्यो भन्दा बढी भिडियो अकार्षक बनेको छ । भिडियो निर्माणमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । भिडियोमा चिरपरिचित अनुहारहरुलाइ देख्न सकिन्छ । भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको दमदार अभिनय देख्न सकिन्छ । गीता र अर्जुनको केमेष्ट्री निकै उत्कृष्ट रहेको देख्न सकिन्छ ।

भिडियोलाइ काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेकाछन भने छायांकन राजेश घिमिरे को रहेको छ । भिडियो सम्पादन दिपक बिष्टको रहेको छ ।भिडियोलाइ Ayansh Creation युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *