काठमाडौं- ३, माग, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोक गित संगितकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । पछिल्लाे समयमा आएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन।

बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ। अचेल दैनिकजसो फरक-फरक धारका र प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् ।

पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ। यसै सन्दर्भमा गायक रबिन लामिछाने र गायिका समिक्षा अधिकारीकाे आवाजमा रहेको “पेउली पहेलैं” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा रबिन लामिछानेकाे उत्कृष्ट लय शब्द साथै लोकप्रिय निर्देशक विक्रम चौहानको उत्कृष्ट निर्देशन रहेको गितको म्युजिक भिडियोमा राजु परियार , आयुषा गौतम , रबिन लामिछाने, ,बालचन्द्र वराल, रञ्जित परियार , अर्जुन खड्का ,प्रेम अर्याल , मानसिह खड्का , अमृता लामिछाने , रमेश परियार , प्रकाश पराजुली , मिना बुढाथोकी र दिपिका मगर लगायतका थुप्रै चर्चित कलाकारहरुको उक्त भिडियोमा फिचर रहेको छ ।

राजेश घिमिरेले छांयाकन गरेको उक्त गितको म्युजिक भिडियोलाई मिलन विश्नकर्माले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई Bishal Entertainment काे अफिसियल युटुव च्यानल मार्फत बजारमा ल्याएको छ।

भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *