काठमाडाैं- माग,५, २०७७

पछिल्लो समय नेपाली गीत संगीतकाे क्षेत्र अझै भन्ने हाे भने सांगितिक बजारमा नेपाली लोकगीत संगीतकाे निक्कै चर्चा परिचर्चा हुँदै आईरहेको देख्न सकिन्छ। समस्त सांगीतिक सिर्जनाहरु सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

पछिल्लाे समयमा आएका प्रायःजसो गीतहरूले छाेटो समयमै सफलता हातपार्न सफल भएका छन र करोड क्लवकाे ढाेका खाेल्न र कराेड क्लव प्रवेश गर्नपनि सफल भैरहेका छन। बजारमा थुप्रै सर्जकहरुले आफ्नो सिर्जनाहरु पस्किरहेका हुन्छन्। प्रायःजसो मायाप्रेम र बिछोड अनि वेदनाले भरिएका निक्कै मार्मिक शब्द सिर्जनामा तयार भएका गीतहरु पछिल्लाे समय निकै दर्शक स्राेताहरुले रुचाएकाे देख्न सकिन्छ।

अचेल दैनिकजसो फरक-फरक धारका र फरक प्याटनका गीतहरु बजारमा आईरहेका हुन्छन् । पछिल्लो समयावधिमा भने बढिजसो मायाप्रेमका गीतहरुलेनै चर्चा परिचर्चा बटुल्न सफल भईरहेकाे देखिन्छ।

यसै सन्दर्भमा गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा रहेको ‘नेपाल आमा’ बाेलकाे म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतमा कलाकार रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीको अभिनय देख्न सकिन्छ भने उक्त म्युजिक भिडियोलाई निर्देशन सिब बिककाे रहेको छ भने छायाकंन: अजय रेग्मी र श्रृङ्गार: सक्षम पुडासैनीले गरेका छन्।

उक्त म्युजिक भिडियोलाई D.B.C Media मार्फत बजारमा ल्याईएकाे छ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *