काठमाडौं – ९,माघ,२०७७

पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा थुप्रै भाइरल बाल कलाकारको प्रबेश भैरहेको छ । तिनै बाल कलाकारको अभिनय र आवाजमा सजिएका गीतहरुले सफलता पनि हात पार्दै आएका छन । बजारमा आएका समस्त सांगीतिक शृजनाहरुलाइ नियाल्ने हो भने पनि बाल कलाकारहरुले गाएका गितहरु ट्रेन्डिङ्गमा रहदै सफल भैरहेका छन ।

यसैक्रममा भर्खरै मात्र बजारमा ‘चिया सस्तो छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भाइरल बाल कलाकार दिपेश थापा , चर्चित बाल गायिका आयुषा गौतम, दिपेन थापा, बिशाल रायमाझी,शर्मिला रायमाझी, हरिमाया रायमाझी को आवाजमा सजिएको छ । गीतमा शब्द तथा संगीत विशाल रायमाझी को रहेको छ । त्यसैगरी गीतको म्युजिक भिडियोलाइ राजकुमार मगर ले उत्कृष्ट निर्देशन गरेका छन ।

भिडियोमा प्रकाश थापाको छायांकन तथा राजकुमार मगरकै सम्पादन रहेको छ। भिडियोमा थुप्रै चिरपरिचित अनुहारहरु लाई देख्न सकिन्छ । एलिना रायमाझी,बबिन सिंह ठकुरी,अर्जुन कुवँर,शृजना खनाल,सुन्दर बोहोरा, बिबेक रायमाझी , बिष्णु ढकाल , रमित बोहोरा लगायत अन्य कलाकरहरुको दमदार अभिनय देख्न सकिन्छ । ‘चिया सस्तो छ’ बोलको गीत सार्वजनिक भए लगत्तै उत्साहजनक प्रतिक्रिया आइरहेका छन् । युटुवमा सार्वजनिक भएको केही घण्टा भित्रै गितले ट्रेन्डिङ्गको यात्रा तय गरेको थियाे। अहिले पनि गीत युटुव ट्रेन्डिङ्ग नम्बर ९ मा रहेको छ ।

गीतको अडियो र भिडियो दुबै निकै उत्कृष्ट बनेको छ । गीतको सबै पाटो एकदम राम्रो रहेको देखिन्छ । उक्त गीतलाई विशाल रायमाझी युट्युब च्यानल मार्फत बजारमा ल्याईएकाे छ। यस अघि बजारमा ल्याएका लोक गीत संगीत क्षेत्रमा रायमाझी परिवार सफल भैरहेका छन । उनिहरुले बजारमा ल्याएका नक्कले भिनाजु, भिनाजुको छड्के ताल, सैना सैना , पुर्बै धरान जस्ता थुप्रै लोकप्रीय गीतहरुलाइ दर्शक श्रोताहरुले अत्याधिक रुचाएका छन ।

भिडियो हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *