काठमाडौं- २१,माघ,२०७७

गीतकार दुधमान पाख्रीनको “म्हेनिङ ल्होछार” बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको दमदार अभिनय रहेको “म्हेनिङ ल्होछार”सार्बजनिक भएको छ ।  

नेपाली चलचित्रका सफल कलाकार बुद्धि तामांग र नव मोडल शिवानी पाख्रिनलाई यस गीतमा फिचर्ड गरिएको छ भने सन्दिप स्याङ्तान,क्रिस्ती घिसिंग,तुलसाङ्ग मोक्तान तथा सोनी दोङ्ग र  सुजन गोलेकाे समेत उक्त भिडियोमा नित्य तथा अभिनय रहेको छ । राजधानीको सोयम्भुको “तामांग कुदाप ” मा छायांकन गरिएको उक्त गीत निकै राम्रो बनेको छ।

यस गीतले तामांग कला संकृतिको जगेर्ना गर्न मद्दत पुग्ने कुरामा गीतकार पाख्रिन ढुक्क छन् ।

“मैले थुप्रै गीतहरु लेखेको छु तर यो मेरो पहिलो ब्याबसायिक गीत हो । मैले यो गीत तामाङ्ग कला  संस्कृतिको जगेर्नागर्ने र संस्कृतिलाई विश्वभरी पुराउनको लागी पहिलो कोसिस गरेको हु” गीताकार पाख्रीनले बताएका छन् ।

फुल कुमार बम्जनको संगीत रहेको यस गीतमा फुल कुमार बम्जन र सुमिना लो को आवाज रहेको छ । उक्त गीतलाई दिनेश पाखृनले निर्देशन साथै कोरियोग्राफरकाे भुमिका निभाएका छन् भने यस गीतमा गीतकार पाख्रिनको छोरी शिवानी पाख्रिनले पहिलो पटक अभिनय गरेकि छिन्। ।

मेरो यो गीत बाट मैले राम्रै तारिफ पाउने छु उनले भन्नु भयो । यो गीतको सार्वजनिक पछी थप अन्य गीत पनि चाडै नै दर्शक श्रोता माझ पुराउने तयारीमा रहेको बताउनु भयो गीतकार पाख्रिनले  । गीत हाईलाईट्स नेपालको अफिसिएल युटुब मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *