काठमाडाैं-23 माघ, 2077

प्रतिनिधि सभा संसद बिघटन पश्चात् पछिल्लो समय नेपालको राजनिती अस्थिर र अराजकता तर्फ मोडिदै गएको छ । नेकपा शिर्ष नेताहरु नै आरोप प्रत्यारोपमा उत्रीएका छन । विशेष गरि पुष्पकमल दाहाल(प्रचण्ड) र केपी ओली को बिचमा जुहारी नै चलेको छ ।

विभिन्न गतिविधिले देशमा हत्या हिंसा भ्रष्टाचार बढिरहेको कुरा सत्य साबित भएको छ । यस्तै बर्तमान राजनिती लाई चित्रण गर्दै ‘नेपालको राजनिती खाए खा नखाए घिच’ भन्ने बोलको गीत सार्बजनिक भएको छ । यो गीतमा थुप्रै कलाकारहरुको आवाज रहेको छ ।

गीतमा कलाकारहरु सुवास थापा मगर, दिपक घर्ती मगर, मुकेश पुलामी मगर, रुपी सिंजाली, किशान काले, मनु सापकोटा, प्रकाश रसाईली भाबुक, अशिम चन्द बिक, प्रकाश गौतम र चक्र बिकको स्वर रहेको छ ।

गीतमा शब्द अञ्चल शाही र सङ्गीत सुवास थापा मगरको रहेको छ । अञ्चल शाहीकै निर्देशन रहेको म्युजिक भिडियोमा समिर रामदामको छायांकन र सम्पादन रहेको छ । भिडियोमा पनि गायकहरु लाई नै देख्न सकिन्छ ।

गीतलाई ‘परिचर्चा इन्टरटेनमेण्ट’ मार्फत बजारमा ल्याइएको छ । यो गीत समय सान्दर्भिक राजनिती लाई केन्द्रित गरेर ल्याइएको छ ।

भिडियाे हेर्नुस्

याे पनि हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *