काठमाडौं, माघ,२८,२०७७

पछिल्लो समयमा विभिन्न किसममा गीत सङ्गीतहरु बजारमा आइरहेका छन । यसैक्रममा रामेछापेली गायक मिलन तामाङ (पाख्रीन) र दिपा लामाको आवाजमा एउटा फरक किसिमको तामाङ्ग गीत सार्वजनिक भएको छ ।

गायक तामाङ्ग निकै ठुलो प्रतिभाशाली व्यक्ति हुन उनि फिल्म भिडियो निर्देशक, गायक संगितकार तथा मोडेल समेत हुन । त्यतिमात्र नभई भिडियो सम्पादन समेत उनी आफैले गर्छन भने केहि चलचित्रको निर्देशन समेत गरिसकेका छन । गीतमा शब्द जीवन बम्जन (हस्तमान) को रहेको छ भने सङ्गीत गायक स्वयम् मिलन तामाङ को रहेको छ ।

तामाङ जातीको महान पर्व तामाङ ल्होछार लाई केन्द्रित गरेर गीतलाइ सार्वजनिक गरिएको छ । गीतको अडियो निकै मीठो बनेको छ भने भिडियो पनि तेत्तिकै उत्कृष्ट रहेको छ। गीतलाइ ‘नेपाली अन्जना कृयसन बैरागी मोक्तान अफिसियल’ युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

नेपाली संगीत क्षेत्रमा एउटा भिन्नै पहिचान बनाउन सफल ब्यक्ती हुन गायक मिलन तामङ । सानै उमेर देखी कला साहित्य प्रति निकै रुचि राख्ने गायक तामाङ आम दर्शकमाझ चिरपरिचित ब्यक्ती हुन । उनले नेपाली साङ्गितिक क्षेत्रमा केही नयाँ गरौ भन्ने फरक सोच राख्दछन ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *