काठमाडौं,१६ फागुन २०७७

पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा विभिन्न किसममा गीत सङ्गीतहरु बजारमा आइरहेका छन । यसैक्रममा तामाङ सेलो संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ सार्बजनिक भएको छ चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हाटका गायक राजु लामाको आवाजमा “शैलुङ्गे मेला” गीत सार्वजनिक भएको छ।

उक्त गीतमा शब्द संगीत अनिल लामाको रहेको छ भने फणीन्द्र राईको संगीत संयोजन रहेको छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतलाई शनिबार राजधानीको महाराजगञ्ज स्थित रोयल पार्टी भेन्यूमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व सांसद तिर्थ लामा प्रमुख अतिथिका रूपमा थिए भने विशेष अतिथिका रूपमा मंगोलियन हार्टका गायक राजु लामाकाे उपस्थिति रहेको थियो ।

गायक संगीतकार विश्व दोङ, सुसन लामा, टीका बम्जन लगायतका थुप्रै कलाकार अनि पत्रकारहरु कार्यक्रममा उपस्थित थिए । शैलुङ लगायत यसका आसपासमा छायांकन गरिएको यस भिडियोमा गायक राजु लामाका साथमा एलिसा राई र साजन मोक्तानको अभिनय रहेको छ ।

सोनाम पाख्रीनको निर्देशन रहेको उक्त भिडियोलाई पवन सुस्लिङ्ले सम्पादन गरेका हुन्। गीतलाई Raju Lama Mongolian Heart youtube च्यानलबाट बजारमा ल्याईएकाे छ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *