काठमाडौं,११ चैत २०७७

वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि” ITR Lubricants को सद्भावनादूत (Brand ambassador) रूपमा नियुक्त भएका छन् । इटालियन प्रविधिद्वारा EURO 3 र Euro 4 मापदण्ड अनुसार UAE मा उत्पादित उच्च गुणस्तरको ITR ब्राण्ड्का लुब्रीकेन्ट्सले सद्भावना दूतका रूपमा पंगेनीलाई नियुक्त गरेको हो ।

चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी पाल्पा जिल्लाको रामपुरमा जन्मिएका हुन्। पाल्पाको रामपुरको श्री दराई ठाँटी माविबाट वि. सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौँ छिरेका पंगेनीले अहिलेसम्म सयौँ गीत गाइसकेका छन्। गायक पंगेनीलाई राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ITR लुब्रीकेन्ट्सका अध्यक्ष ताराबहादुर कुँवरबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए ।

लोक तथा दोहोरी गायक पंगेनी ITR LUBRICANTS जस्तो गुणस्तरीय ब्राण्डको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए । उनले आफूले पनि करिब आठ/दश बर्ष पुरानो सवारी साधनमा ITR LUBRICANTS प्रयोग गरेको र एकदम राम्रो साउण्ड आएको कुरा समेत बताए । यस कम्पनीको सद्भावनादुतमा १ बर्षको लागि सम्झौता भएको कुरा गायक पंगेनीले पत्रकारहरुलाई बताएका छन ।

गायक पंगेनीले ITR LUBRICANTS ले सम्पुर्ण सेवाग्राहीहरुको मन जित्ने कुरामा आफू विश्वस्त रहेको बताउछन र यसबाट आफूले कुनै पनि गाली खान नपर्ने कुरामा ढुक्क रहेको बताए । गायक पंगेनी अहिलेको नेपाली लोकसङ्गीत जगतमा सफल प्रतिभा हुन् । पंगेनीको ‘ससुरालीमा’, ‘रातो पछ्यौरी’,’तिम्रो घरमा मेरि छोरी‘लगायतका अन्य थुप्रै गीत बहुचर्चित छन् ।

पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निबर्तमान अध्यक्ष पनि हुन। साथै भर्खरै मात्र सुरु भएको दोहोरी टेलिभिजन रियालिटि शो ‘दोहोरी च्याम्पियन‘ को कार्यक्रम प्रस्तोता पनि रहेका छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *