काठमाडौं,१८ चैत, २०७७

तीन वर्ष बित्यो एक नारीको आत्मले न्याय नपाएको ,तीन वर्ष बित्यो बुबाआमाको आँखा भिजेको ,तीन वर्ष पुग्यो देशको हरेक चोक,गल्ली र सडकहरू तातेको ,तर तीन वर्ष बित्यो तिनै चेलीलाई न्याय दिलाउन नसक्ने सरकार निदाएको ।हो,प्रसंग निर्मला पन्त।

भनिन्छ तीन वर्षमा बगेको खोला त फर्केर आउँछ भनेर ,अहँ तर यत्रो तीन वर्षसम्ममा यो सरकारले एउटा नारीको आत्मलाई न्याय दिन सकेन।हरेक दिनको पत्रपत्रिका देखि अनलाइन समाचारको अघिल्लो पृष्ठमा नै बल्तकारको हेडलाईन पढ्न बाध्य भएका तमाम नेपाली चेलीहरू आज कसरी भन्न सक्छन् कि यो देशको हामी सुरक्षित छौ भनेर।आखिर के अपराध गरेकी थिइन र ती १३ वर्षे बालिका निर्मलाले,जसले आफ्नो मृत्यु पश्च्यात पनि आत्माले शान्ति पाएन ।के हेर्दै छ यो देशको सरकार? आखिर कहिले देख्न पाउछन् यो देशका आमाहरूले आफ्नो छोरीहरूलाई खुल्ला आकाशमा घुमेको।

सरकार जब कन्चनपुरका नागरिकहरू यो हत्यारा हो हामी शीत प्राप्त सबुतहरू छन भन्दा किन निदाएको त्यतिबेला ?यदि यो साच्चिकै कम्युनिष्ट सरकार हो भने किन यत्रो तीन वर्ष सम्म एक चेलीलाई न्याय दिन सकेन ।यत्रो प्रहरी देखि सम्पूर्ण बल प्रयोग गर्दा पनि दुई तिहाइ सरकारको खोइ त उपलब्धि सरकार ! महिला राष्ट्रपति भएको देश बल्तकारका घटना छरपस्ट छन,कति हास्यास्पद विषय हो यो? माहमहिम राष्ट्रपति ज्यु चेलीको पिडा चेलीलाई नै थाहा हुने होइन र ? बिचरा ती आमा जसले आफ्नो छोरीको न्यायको निम्ति भोकभोकै खाली पेट ,खाली खुट्टा ती सडकहरूमा भौतारिदा किन तिनको पिडा देख्नुभएन कि सिहंदरबार बाट जनताको पिर मर्का देखिदैन र यदि देखिएको भए त आजसम्म ती आमाको मनले पनि शान्ति पाउँथ्यो होला र ती चेलीको आत्मले शान्ति पाउथ्यो होला।

केही नेताहरू देखि मन्त्रीहरूको कुरा गर्ने हो भने,जब सांसद विघटन भयो त्यसपछि आफ्नो कुर्सी र पद धरापमा पर्छ कि भनेर” हामी यहाँ छौ” भनेर सडकमा ओर्लिनु भयो ,सबै जनताले हेरे त्यो तमासा तर मन्त्री ज्युहरू त्यतिका जनताहरू निर्मला लागि न्यायको अपिलमा सडकमा ओर्लिदा त्यतिबेला कुन दुलो भित्र पस्नुभएको थियो र ,कि बालुवाटार भित्रबाट देखिएन त्यी न्यायको लागि गरिएको आन्दोलन।यसबाट प्रस्ट हुन्छ मन्त्रीज्यूहरू यहाँ राजनीति आफ्नो पद र कुर्सीको लागि नै रहेछ भन्ने कुरा यसलाई राजनिती भन्दैनन् ,महोदय लाजनिति भनिन्छ ।

महोदयहरू ढिलो न्याय दिनु भनेको न्याय नपाउनु सरह हो । निर्मला पन्त पछि अहिले सम्म हजारौं चेलीहरू बल्तकृत भएका छन् तर कहाँ छ न्याय पाउने ठाउँ यो देशमा हामीलाई जवाफ चाहियो ।यदि तपाईंहरू जनतालाई सुख दिन नै जनताको अमुल्य मत लिएर जानुभएको भने किन आफ्नो स्वार्थको लागि मात्र कामहरू गर्नुहुन्छ ।यदि साच्चिकै देश र जनताको लागि काम गर्ने हो भने यि बल्तकारीहरूलाई फासीको सजायको कानुन बनाउनु होस् अनि बल्ल कम हुन्छ बल्तकारका घटनाहरू अनि बल्ल खुलेर हिड्छन छोरी चेलि यी खुला आकाशमा,अनि बल्ल र‍ोकिन्छ निर्मला पन्तको आमाबुबाको आशु।

✍️रबि थापा

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *