काठमाडौं, १९, चैत २०७७

जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा चैत्र २८ गते मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । गत बर्ष देखि बिश्वभर कोरोना भाइरस ले सम्पुर्ण खेलकुद गतिविधि ठप्प जस्तै भएको छ । पछिल्ला केही महिना देखि भने फाट्टफुट्ट खेलहरु भैरहेका छन। ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुन लागेको हो। रिपोर्ट्स क्लब काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको छ ।

उक्त खेलमा चलचित्रका चर्चित कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु लगायत अन्य थुप्रै क्षेत्रका ब्यक्तिहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक तथा भौतिक दुरी पनि कायम गरि खेललाई ब्यबस्थित र मनोरञ्जनात्मक बनाउने आयोजक टिमले जानकारी गराएको छ।

त्यसैगरी खेल हेर्न आउने दर्शकहरुको लागि कुनै पनि प्रबेश शुल्क नलाग्ने बताइएको छ । बिजेता टिमले पाउने पुरस्कर भने आयोजकले अहिले सार्वजनिक गरेको छैन । अब अर्को पत्रकार सम्मेलनमा पुरस्कार बारेमा जानकारि गराउने बताइएको छ। त्यसैगरी कार्यक्रमको प्रमुख अतिथिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने र सरकारका मन्त्रीहरुले पनि उक्त खेलमा सहभागिता जनाउने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ

भिडियाे हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *