काठमाडौं, २०, चैत २०७७

मेलम्ची खानेपानीको बितरणको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा मेलम्चीको पानी ढुंगेधाराबाट खसालेर उद्घाटन गर्नुभएको छ। यस कार्यक्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको स्वीच समेत थिचेर उद्घाटन गर्नुभएको छ। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति हुनु भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको छ। अब मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुने बताइएको छ। वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए ।

त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो । वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजना को पानी काठमाडाैमा प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा स्वागत गरिएकाे थियो। यस सँगै मेलम्चीकाे पानी पिउने काठमाडाैकाे सपना पुरा भएकाे छ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *