काठमाडौं, २०, चैत २०७७

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा निकै कडा रुपमा प्रस्तुत भएका छन। उनले नेकपा एमालेभित्र माधब नेपाल पक्ष नेताहरुलाई कारबाही गरिरहेका छन् । नेकपा एमालेका महासचिव भइसकेका पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाललाई पार्टी अध्यक्ष ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

त्यसैगरी नवौं महाधिवेशन बाट निर्बाचित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल र नेता सुरेन्द्र पाण्डे लाई पनि ओली ले कारबाही गरिसकेका छन । पार्टी अध्यक्ष केपी ओली यतिमै रोकिने संकेत गरेका छैनन । उनले पार्टी भित्र नेपाल पक्ष अन्य नेताहरुलाई पनि कारबाही गर्ने संकेत गरेका छन ।

ओली निकट एक नेताले बताए अनुसार नेपाल पक्षले लगातार समानान्तर कमिटी गठन गर्न लागि परेकाले अरु थप नेतालाई पनि कारबाही गर्ने अन्तिम तयारी भएको बताएका छन । उनका अनुसार कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरु रहेको बताए। उनीहरु लगातार नेपाल समूहमा सक्रिय छन् ।यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कारबाही गरिने सूचीमा परेका छन् ।

अब माधब नेपाल र भिम रावललाई सांसद पदबाटै हटाउने तयारी समेत ओली थालेका छन । नेपाल र रावलले ओलीको निर्णय अवैधानिक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *