काठमाडौं, २०, चैत २०७७

नेकपा एमालेका प्रभावशाली नेता भित्र पर्छन लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल । उनको पछिल्ला दिनका सक्रियता हेर्दा उनी बर्तमान एमाले अध्यक्ष केपी ओलीको बाटोमा देखिन्छन । प्रधानमन्त्री ओलीको बिगत ६/७ बर्षलाई नियाल्ने हो भने उनको क्रेज बढ्दो छ । यसको मुख्य कारण हो, हरेक प्रश्नको उत्तर ठट्यौली शैलीमा शब्दहरु खेलाएर प्रहार गर्न माहिर छन, उखान टुक्काको बादशाह भन्दा पनि फरक नपर्ला ।

हरेक ठाउँमा परिवेश अनुसार आफुलाई परिवर्तन गर्न सक्ने क्षमता प्रधानमन्त्री ओलीमा रहेको छ । यस्तै क्षमता मुख्यमन्त्री पोखरेलमा पनि देखिदै आएको छ । वि.सं २०७५ साल जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र पोखरेलको भुमिका महत्वपूर्ण रहयो । उनको सक्रियतालाई यसरी स्मरण गर्न सकिन्छ। गत बर्ष फागुनदेखि सुरु भएको नेकपाभित्रको आन्तरिक विग्रह असारमा उत्कर्षमा पुगेको थियो ।

वैशाखमा प्रधानमन्त्री ओलीले राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि झाँगिएको कलहले भर्खरै जोडिएको पार्टी दुई टुक्रा हुने गरि फुट्ने आशङ्का पैदा भएको थियो । पार्टीका दुई अध्यक्ष ओली र दाहालबीचको दरार यसरी बढ्यो कि, बीचमा उभिएर कसैले पनि मध्यस्थता गर्ने आँट गर्न सकेन । यसैबिचमा शङ्कर पोखरेल पुर्ण आत्मविश्वासका साथ अघि सरे । बालुवाटार र खुमलटारमा रहेर फरक फरक समूह बनाएर आ-आफ्नो रटान लगाउन थालेका थिए ।

बालुवाटार र खुमलटार लाई जोड्न कडिको रुपमा उनी अघि बढे। त्यसो त तत्कालीन नेकपाको ओलीसमूहमा ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत दोस्रो पंक्तिका नेताहरू नभएका भने होइनन। तर, दोश्रो पङ्क्तिका नेताहरु कसैले पनि अपेक्षाकृत भूमिका प्रदर्शन गर्न सकेनन्। ईश्वर पोखरेल र ओली समुहका केही नेताहरु भने पूर्वमाओवादी केन्द्रसँग दूरी बढाउनै व्यस्त रहे। प्रदीप ज्ञावली भने यस्तो विवादमा पसेर समाधान निकाल्न चाहेनन् ।

विष्णु पौडेल पार्टीमा अरु नेता भन्दा चाडैं छलाङ मारे पनि पौडेलको सक्रियता खासै प्रभाकारी हुन सकेन। समन्वयकारी र साझेदारीको आफ्नो अनुभव नेता पोखरेलले बेला बेलामा देखिएको पार्टी संकट मा उनले प्रयोग गरे। तत्कालीन नेकपामा जब-जब पार्टीमा गम्भीर दुर्घटना पर्न खोज्छ, तब नेता पोखरेल प्रदेशको काम लाई स्थगन गरेर उनी केन्द्रमा आएर आफ्नो सक्रियता र अनुभव प्रयोग गरेर पार्टीलाई दुर्घटना बाट जोगाउन उनले महत्त्वपूर्ण भुमिका खेल्दै आएका छन ।

प्रचण्ड र ओली बीच अनुहार नै हेर्न नचाहेको बेलामा पनि पोखरेल ले समन्वयकारी भुमिका निर्बाह गरि दुई अध्यक्ष लाई जोड्ने सेतु समेत बने । त्यसैगरी ३२ महिनादेखि स्थायी मुकाम र नामाकरण टुङ्गो लाग्न नसकेको अबस्थामा पोखरेलले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी मुकाम बनाएर आफ्नो सफल राजनीतिक यात्रालाई पुनःपरिभाषित गरे। उनको सक्रियता लाई लिएर धेरैले केन्द्रमा आबश्यक रहेको नेताको रुपमा पनि चित्रण गरेका थिए ।

धेरैले केपी ओलीको उत्तराधिकारको रुपमा हेर्ने गरेका छन। मदन भण्डारीको संघर्षको छायाँ बाट हुर्किएर आएका र शान्तिपूर्ण राजनीतिक आन्दोलनमा खारिएर आएका र मुलकु कै नेतृत्व गर्न सक्षम जल्दाबल्दा नेताको रुपमा पोखरेल देखापरेका छन। पोखरेल केपी ओली कै शैलीमा हरेक प्रश्नको कुटनैतिक उत्तर दिन सक्ने सामर्थ्य राख्छन। उनको बिगतको घट्नक्रम लाई हेर्दा पनि एक कुशल राजनीतिक खेलाडीको रुपमा परिचित हुँदै आएका छन। अबको एमालेमा उनी केपी ओली शैलीमा पार्टी र देशको नेतृत्व गर्ने सामर्थ्य अरु नेताहरुमा भन्दा पोखरेलमा बढी रहेको छ ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *