काठमाडौं, २०, चैत २०७७

गत पुष ४ गते उर्लावारी-६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरु सगै सुत्न गएका प्रबिण बास्तोला पुष ५ गते विहान ११ बजे तिर गोदावरी अस्पतालमा मृत रहेको खवर ले सामाजिक संजाल पुरै तातिएको थियो । तर इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामानै त्रुटि गरेपछी प्रबिण को दिदी सदिक्षा बास्तोला ले प्रहरी कार्यलय बाटै फेसबुक लाइभ गरि प्रहरी निरीक्षकले गरेका कुराहरुलाई सामाजिक संजाल मार्फत उनले बाहिर ल्याएकी थिइन ।

दाइको मृत्युको खबर सुन्दा बहिनी सदिक्षा USA मा रहेकी थिइन । उक्त घट्नाले गर्दा उनी हतारिएर नेपाल आएकी थिइन । धेरै अभियान्ता बिशिस्ट ब्यक्तिहरुले सदिक्षा लाई पुरै सहयोग र समर्थन गरेका थिए । त्यसपछि घटनाले अर्कै मोड लियो ।

अन्तत: उनले आफ्नो दाईको हत्याको घटनालाई कानुनी बाटो बाट अगाडि बढाएर उनले देखेको सपना र आफ्नो अध्ययन पूरा गर्न USA तर्फ लागेकी छिन। उनले आफ्नो पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र देशलाई मेरो सम्बन्धित शिक्षाले सेवा दिन चाडै फर्केर आउने बाचा गरेकी छिन। सम्पुर्ण समर्थकहरुको साथ र सहयोग हमेशा स्मरण गर्ने पनि उनले बताएकी छिन ।

उनले आफ्नो फेसबुक मार्फत सम्पुर्ण समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो दाइको हत्याको घटनालाई कानुनी बाटोमा पुर्याएर आफू फर्किन लागेको कुरा जानकारी गराउदै त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलबाट गन्तब्य तर्फ लागेकि छिन। उनलाइ बिमानस्थल सम्म थुप्रै साथीभाइ, समर्थक र अभियान्ताहरुले बिदाइ गरेका छन ।

सदिक्षा बास्तोलाले आफ्नो फेसबुकमा राखेको स्ट्याटस जस्ताको तस्तै : आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृत्यु को केस ढिसमिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ । यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट कराउने बेला भएको थियो ।

दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगेको छ । मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पिडालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्विकारिदिनु हुन बिनम्र अनुरोध यै स्ट्याटस बाट नै गरें ।

यो बिषयलाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर U.S.A तर्फ उड्दैछु । हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ । नमस्कार ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *