काठमाडौं, २१ चैत २०७७

जापानमा एक नेपाली युवाले आत्माहत्याको प्रयास गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा लाईभ गर्दै आत्माहत्याको प्रयास गरेका हुन् ।

करिब ४ वर्ष अघि आफू जापान पुगेको कुरा उक्त लाइभमा बताउदै निराजन रावल नामको फेसबुक आईडिबाट उनी लाइभमा कराउँदै चिच्याउदै फेसबुक लाईभ गरिरहेका थिए।

उनले आफ्नाे शरीर र निधारमा धारिलो कटरले काट्दै रगतकाे धारा बगाउदै
जन्मदिने आमा बाबु सम्झिदै बाबा आमाले राम्रो शिक्षा दिएर हुर्काई बढाई गरे पनि उनले आफ्नो कुरा अरुले काटेको हुदा आफुलाई चित्त दुःखेकोे र मर्न बाध्य भएको कुरा उनले साेही लाइभमा झल्काएकाछन्।

उनले भाेलिकाे दिन आफुले देख्न नचाहेको र आजको रातमै मर्छु भन्ने शब्दहरु प्रयोग गर्दै आत्माहत्याकाे प्रयास गरिरहेकाे उक्त भिडियोमा देख्न सकिन्छ।

उनले लाईभ गरिरहेकाे समयमा उनलाई पटकपटक म्यासेन्जरमा धेरै कलहरुपनि आइरहेका थिए तर उनले ती कलहरुकाे कुनै प्रतिक्रिया भने दिएको देखिदैन केवल उनी मर्ने चेष्टामात्रै गरिरहेकाे देख्न सकिन्छ।

उनले आफु शान्त ठाउँमा आत्माहत्या गर्न लागेकोले जापानिज प्रहरीहरु समेत आफू भएको ठाउँमा नआईपुग्ने बताउदै उनले आफ्नो शरिरमा लगाएको कपडा खाेलेर अर्धनग्ङ अवस्थामै आत्माहत्याको लागि नेपालमा जस्तो मुसाकाे बिख जापानमा नपाउने क्यार्नु भन्दै धारिलो कटरले आफ्नो शरिर र निधारमा चिर्न थाल्छन् ।

केही समयपछि उनले लाइभ सकिएपछि
अनुहार भरि रगतनै रगत भएको फाेटाे राखेकाे देख्न सकिन्छ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *