काठमाडौं,२१ चैत २०७७

एकैपटक १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ ।

बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको सुरुआत गर्न लागेका हुन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् ।यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन । यि सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् ।

सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *