काठमाडौं, २१ चैत २०७७

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाकाे मागलाई र आगामी सरकारको नेतृत्व लिने निर्णयलाई संकेत गर्दै नेपाली काँग्रेसले सारेको एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजिनामाकाे मागलाई सह्रानीय भएको बताएका छन् ।

नेपाली काँग्रेसकाे पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सह्रानीय भनेका हुन् ।

भट्टराईले शनिबार बिहान ट्वीटरमा यस्तो लेखेका छन् ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।’

दलहरु एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा. भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताएका छन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *