काठमाडौं, २१ चैत २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले माधव कुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो पसेको बताएका छन। थापाले सामाजिक सञ्जाल ट्विट गर्दै भनेका छन्,”माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन!

साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !” पछिल्ला दिनहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ब्यक्ति केन्द्रित टिप्पणी गर्दै आएका छन।

उनले केही दिन अगाडी प्रचण्ड बिरुद्ध पनि प्रचण्ड पुत्र प्रकाशको निधन हुदा रोएको तस्बिर राख्दै असंबेदनसिल टिप्पणी गरेको भन्दै व्यापक आलोचना भएपछि उनले आफ्नो पोस्ट सामाजिक संजाल बाट हटाएका थिए । त्यसैगरी अहिले उनी प्रचण्ड र नेपाल-खनाल समूहका नेताहरू विरुद्ध अस्वभाविक टिप्पणी गर्नमा ब्यस्त रहेको देखिन्छन।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *