काठमाडौं, २१ चैत २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा आयोजित देशभरका १६५ सडकको शिलान्यास गर्दै राजीनामा मागेर होइन समर्थन फिर्ता लिएर आफूलाई प्रधानमन्त्री बाट हटाउन खुला चुनौती दिएका छन् ।
ओलीले भने- काठमाडौंमा आफूलाई चर्चित भन्ने राष्ट्रिय संचार माध्यम र अखबारहरुले काठमाडौंमा मेलम्चीको पानी आएको र विकास निर्माणका समाचारहरु दिँदैनन् तर कुनै नेताले राजीनामा मागेको कुरालाई हेडलाइन बनाउने गरेको बताउदौ असन्तुष्टी ब्यक्त गरेका छन । आज मागेको हो राजीनामा ?राजीनामा त माग्यामाग्यै छन् त ।
ए बाबा! हटाउ न त । समर्थन फिर्ता लिइदेउ न भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’ नेकपा माओवादी केन्द्रले आहिले सम्म केपी ओली सरकार लाई दिएको समर्थन फिर्ता लिएको छैन। तर नेताहरुले भने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउदै आएका छन।
ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका छन।