काठमाडौं,२१ चैत, २०७७

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक घटनाक्रम परिवर्तन भएको टिप्पणी गरेका छन् ।शनिबार कपिलवस्तुको तौलिहवामा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका हुन्।

नेपाली कांग्रेसको शुक्रबारको निर्णयले घटनाक्रम फेरिएको उनको भनाइ छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले छिट्टै नयाँ सरकार बन्ने आशा समेत ब्यक्त गरेकाछन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *