काठमाडौँ, २३ चैत्र, २०७७
पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राणाको आइतबार निधन भएको हो ।
छाउनी अस्पतालमा राणाको ९१ वर्षको उमेरमा निधन भएको अस्पताल नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
राणा २०४० देखि २०४४ सालसम्म नेपाली सेनाको सेनापति थिए । निमोनियाका कारण उनको निधन भएको जनाइएको छ ।
उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।