काठमाडौं, चैत्र,२४,२०७७

पछिल्लो समयमा विभिन्न किसममा गीत सङ्गीतहरु बजारमा आइरहेका छन । यसैक्रममा गायक सपन श्रेष्ठ र स्मिता दाहालको आवाजमा ‘हाम्रो माया ट्रेन्डिङ नं १‘ बोलको एउटा फरक किसिमको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक श्रेष्ठ निकै ठुलो प्रतिभाशाली व्यक्ति हुन । उनले “तिमी यसै लजायो” ,”बोलायो बोलायो पोखरेली मायाले” र ,”लै बरी लै” जस्ता दर्जनौ हिट गीतहरु दिईसकेका छन। गितमा मुनाल शिशिर कोईरालाको शब्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । यस म्युजिक भिडियोमा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहको दमदार अभिनय रहेको छ ।

पछिल्लो समय पल शाह र दुर्गेश थापाको जोडि म्युजिक भिडियोमा निकै जमेको छ , यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ । भिडियोमा फिमेल मोडल सासङ्ग एमटिको उत्कृष्ट अभिनय रहेको छ । त्यसैगरी पुण्य गौतमलाई पनि भिडियोमा देखाइएको छ । गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन , शिलन लम्सालको सम्पादन र सुरेन बसेलको कोरियोग्राफी रहेको छ । मुनाल शिशिर कोईरालाको उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियो ” डी सिरिज” युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली संगीत क्षेत्रमा एउटा भिन्नै पहिचान बनाउन सफल ब्यक्ती हुन गायक सपन श्रेष्ठ । सानै उमेर देखी कला साहित्य प्रति निकै रुचि राख्ने गायक श्रेष्ठ आम दर्शकमाझ चिरपरिचित ब्यक्ती हुन । उनले नेपाली साङ्गितिक क्षेत्रमा केही नयाँ गरौ भन्ने फरक सोच राख्दछन ।

भिडियो हेर्नुस्

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *