कोरोना भाइरसले (कोबिड१९) फेरि यतिबेला छिमेकी राष्ट्रमा भयभीत रूप लिएको छ।दिनै संक्रमितको संख्या बढ्दो क्रममा नै छ।भारतमा रोजगारको सिलसिलामा गएका कयौं नेपालीहरू फेरि नेपाल आउने लर्को नै लाएको छ।सरकारले मेन नाकामा कडाइ गरे पनि खुल्ला सिमाना बाट भागेर आउने संख्या पनि थोरै छैनन् ।जसले गर्दा नेपाल उच्च जोखिम रहेको छ।

नेपालको सन्दर्भमा कुरा गर्दा खेरि नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर नै आएको छ।अझ अहिलेको यश भाइरसलाई हेर्दा झन बढी खतरनाक रहेको विभिन्न विज्ञहरूले बताएका छन् ।विज्ञहरूको अनुसार छिमेकी राष्ट्र भारतमा देखिएको यो महामारीले गर्दा नै नेपालमा दिनै संक्रमित बढेको ठहर भएको छ।त्यसैगरी नेपालमा पनि कतिपय ठाउँहरूमा लकडाउन समेत जारी गरेको छ।तर लकडाउन गरे ता पनि कतिपय ठाउँका बिधालय उच्च जोखिम रहेका छन।दिनैदिन जतिपनि संक्रमित रहेका मानिसहरू मध्य आधाआधी बालबालिका नै बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको छ।यतिका बालबालिका संक्रमित हुदा सम्बन्धित निकाय किन चुपचाप बसेको छ? केही साता अघिको संक्रमित र अहिलेको संक्रमित संख्या हेर्दा नेपाल पनि भारत जस्तै हुन भन्न सकिन्न।मानिसहरू आफ्नो दैनिकी चलाउन डर तरासले भए पनि काममा निस्किएका छन,जसले गर्दा नै कोरोना फैलिने सम्भावना उच्च रहेको हुन्छ ।नेपाली जनताहरूले पनि यश भाइरसलाई गम्भीर रूपमा नलिएको पनि पाइन्छ तर यश विषम परिस्थितिलाई सरकारले पनि बिशेष ध्यान दिन जरुरी छ।

यतिबेला भारतबाट फर्कने नेपालीको लर्को रहेको छ तर सिमा नाकामा भने फर्कनेहरू निर्धक्क साथ कुनैपनि चेकजाँच नगरी खुल्ला सिमाबाट प्रवेश गरेका छन्।जसले गर्दा कतिपय सिमाका क्षेत्रहरू कोरोनाको हटस्पट बनेका छन्।किन जादैन यस्तो संवेदनशील विषयमा सरोकारवालको ध्यान ? त्यसैगरी अब नेपालको अवस्था भारतको जस्तो नहोला भन्न सकिन्न यसको लागि सरकारको तयारी पक्कै पनि फितलो छ।यदि यसरी नै संक्रमितको संख्या बढ्दै गयो भने अस्पतालमा प्राप्त आइसोलेसन छैन ,प्राप्त अक्सिजन छैन अनि क्वारेन्टाइन राख्ने पनि क्षमता छैन ।यदि यस्तो भयो भने नेपाली जनताहरू अकालमा आफ्नो ज्यान दिन बाध्य हुनेछन् ।यसैगरी बिधालय क्षेत्र तिर हेर्ने हो भने किन टेर्दैनन् केही संक्रमित ठाउँका विधालयले सरकारको निर्णय ,जसले गर्दा नै विधार्थीहरू बढी रूपमा संक्रमित हुन पुगेका छन् ।त्यसैले यस्ता बिधालयलाई अनलाइन कक्षाबाट पढाउन आग्रह गराउन पर्यो।त्यसैगरी अन्य ठाउँका बिधालयले पनि सेनिटाइजर र मास्कको प्रयोग गर्न बिधार्थीलाई आग्रह गर्नुपर्यो र अभिभावकले पनि आफ्नो बालबालिकालाई स्वास्थ मापदण्ड अपनाएर बिधालय पठाउन पर्यो।

त्यसैगरी सम्पूर्ण नेपाली जनताहरूले स्वास्थ मापदण्ड अपनाएर मात्र घर बाहिरबाट निस्किनु होला र सरकारलाई हातमा हात र साथमा साथ दिएर कोरोना भाइरसबाट देशलाई बचाउन सहयोग गर्नुपर्छ।घरभित्र कोरोना भाइरस आफैं आउदैन हामीले नै लिएर जाने हो त्यसैले सतर्क रहौ सावधानी अपनाउ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *