सरकारको उल्टो गति ,जनताको स्वास्थ्यको बेवास्ता ,आफ्नै परिक्षणमा व्यस्तदेश फेरि एक वर्ष अघिको स्थितिमा पुगेको छ ।कोरोना महामारीका कारण ठिक वर्ष अघि पनि नौ महिना जति देश लकडाउनको स्थितिमा पुगेको थियो ।तर अहिले फेरि केही महिना पछि छिमेकी राष्ट्रको खुल्ला सिमानाका कारण देशमा कोरोना भाइरसले दिनप्रति दिन डरलाग्दो रूप लिएको छ।सरकारले जतिसुकै कडाइ गरेको छ भने पनि भागेर वा दुईचार पैसा दिएर देशमा प्रवेश गरेका छन् ।हो आफ्नो देशमा प्रवेश गर्न जो कोहीको अधिकार छ तर यस्तो विषम परिस्थितिमा पनि चेकजाँच नगरि प्रवेश गर्नाले नै देशमा यस्तो अवस्था आइपरेको छ।
दिनैदिन दुईतीन हजारको क्रममा संक्रमित र मृत्युको दर बढ्दो नै छ जसले गर्दा मानिसहरू झन आतिएको मानिन्छ ।सरकारले कयौं जिल्लामा लकडाउनको निर्णय समेत गरिसक्यो तर काठमाडौं बाट गाउँ र आफ्नो ठाउँ फर्कनेको संख्या दुई दिनमा पाँच लाख भन्दा बढी रहेको तथ्यांकले बताउँछ ।तर काठमाडौंको कुरा गर्दा जुन ठाउँमा संक्रमितको दर उच्च छ त्यै ठाउँबाट दुई दिनमा जनताहरू खचाखच गरेर आउँछन् अनि त्यैबाट गाउँगाउँमा संक्रमितहरू संख्या बढ्ने ठुलो आकलन हुन्छ ।यस्तो विषयमा किन लापरबाही गर्छ सरकार ?जाबो ज्वरो मात्र चेकजाँच गरेर पठाए पनि त हुदैन र सरकार ! यसैगरी शहरी क्षेत्रका बिधालय पनि लगभग बन्द भईसकेका छन् तर कतिपयले त अटेरी गर्दै छन् ।आर्को कुरा जनताहरू अब फेरि ठिक एक वर्ष अघिको जसरी एक छाक टार्नको लागि कसैले खुवाउछ कि भनेर आशमा बस्न नपरोस् सरकार ! के छन त त्यस्ता जनताको लागि पूर्वतयारी ,कस्ता छन् दुखी जनतनको लागि लकडाउन प्याकेजहरू?

अस्पतालको कुरा गर्दा सरकारी अस्पतालहरूले हात उठाइ सकेका छन हामी सँग संक्रमित राख्ने क्षमता छैन भनेर ,निजी अस्पतालहरूले चर्को शुल्क लिएर उपचार गर्छन् ,अनि अक्सिजन कति छ देशभर ,यसबारे के छ त सरकारको पूर्वतयारी ?पोहोर साल बरू अलिअलि सुन्नामा आएको थियो क्वारेन्टाइनको बारेमा तर यसपटक न त क्वारेन्टाइन छ न त बिदेशबाट आएकालाई चेकजाँच नै छ।आखिर के हेर्दै छ सरकार यस्तो बेलामा हेल्लो सरकार ?
यता गण्डकी प्रदेशको कुरा गर्ने हो भने कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो छ।जनताहरूको कुनै प्रवाह छैन माननीय ज्युहरूलाई तर आफ्नो स्वास्थ्यको यति धेरै माया छ कि कुरै नगरौ।त्यसमाथि आर्को गल्ती गण्डकी प्रदेशमा यतिखेर गुरूङ नेतृत्वको सरकार ढलेको देखिन्छ ।नेपाली काँग्रेस र माहवादि केन्द्रको संघीय सरकार बिरूध अबिस्वासको प्रस्ताव लिएर आउन यतिखेर ठिक परेको छ।यदि त्यसो भयो भनेे मुलुकको राजनीति क्षेत्रले लकडाउन तोड्ने निश्चित छ।कुर्सी जोगाउन प्रधानमन्त्री केपी ओलिले के गर्लान् भन्न सकिन ।उनलाई कुर्सीबाट हटाउन अरूले केके गर्लान् त्यो पनि भन्न सक्ने अवस्था छैन ।किनभने गतवर्षको लकडाउनको समयमा ,उनै तत्कालीन सर्त राख्नुु नेकपाको विद्रोह र बिभाजनको बीउ रोपिएको सबैले देखिएकै हुन ।जतिबेलाको लकडाउनले नेकपाको कुनै नेतालाई काँही कतै रोक्नौ सकेन ,निर्वात जारी रहयो ,लकडाउन कहाँ लागू भयो मात्र जनताको घरघरमा भयो ?

हो यस्तै चट्क यसपालि नहोस् ,तिमीहरूको राजनीतिले गर्दा कुनैपनि नागरिकहरूल मृत्यु सँग लड्न बाध्य नहुन अनि आर्को कुरा जनताको परिक्षण पनि तिव्र रूपमा गर सरकार यो देशमा बालुवाटार र सिहदरबारमा मात्रै नागरिक छैनन् ।

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *