काठमाडौं- १९ बैशाख २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आज गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन् ।

“आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,” उनले फेसबुकमा लेखेका छन् । 

By msansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *